काठमाडौं। भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ। बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन्। उनको मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ।
मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट भारतीय सञ्चार माध्यमका अनुसार कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेका हुन्। बम प्रहारको भारतभर निन्दा भइरहेको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।