सरकारले चिनियाँ खोपलाई आपतकालीन अनुमति दियो



काठमाडौं । सरकारले चीनमा विकास गरिएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जनाएको छ । नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकसित गरेको र भारतले उत्पादन गरेको कोरोनाविरुद्ध खोप ‘कोभिसिल्ड’ले प्रयोगको अनुमति पाइसकेको छ ।

भारतले यसको १० लाख डोज अनुदानमा नेपाललाई प्रदान गरेपछि अहिले नेपालमा यो खोप लगाउने क्रम जारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्