करुणा बनिन् जातीय बिभेदको शिकार ,बिश्वकर्मा भनेपछि घरबेटीले गरिन् बैना फिर्ता



सरु सुनार , काठमाडौं ।  काठमाडौमा जातीय बिभेदका घटना नौला भने होइनन् , सांसद कलुदेबी बिस्वकर्माले कोठा नपाएको घटना देखि पत्रकार मिलन बिक र बिक्रम सुनारले बैना दिए पछि दलित भन्दै घरबेटीले कोठा नदिएको घटना देखि , दिपा नेपालीलाई घरबेटीले गरेको जातीय विभेद देखि धेरै घटनाहरु मिडियामा आइरहेका हुन्छन् ।यस्तैमा फागुन २ गते दोलखाकी करुणा बिस्वकर्मा पनि बनिन जातीय बिभेदको शिकार ।
धापासी हाइटमा एउटा घरमा” फ्लाट खाली छ ” कोठा भाडामा भनी सम्पर्क नम्बर दिएको रहेछ , उनले त्यही नम्बर नोट गरि फोन गरिन घर बेटिले कोठा खाली छ भने पछि हेर्न गइन , करुणालाई कोठा मन पर्यो भाडा सोध्दा १६ हजार भनिन्।
बैनी सग सल्लाह गरेर खबर गर्ने भन्दै करुणा फर्किइन् ।

कोठामा गएर बैनिसग सल्लाह गरि १५ हजार सम्म दिए बस्ने निर्णय गरे , फेरि घरबेटिलाई फोन गरे घरबेटीले पनि स्थायी रूपमा बसे १५ हजारमा दिने भने पछि करुणा भोलिपल्ट फेरि घरबेटीलाई भेटन गइन् ।
कुरा मिल्यो घरबेटीले बैना दिनुस र यो कागज पनि च्यातिदिनुस घर भाडा भनी मैले अनलाइनमा पनि राखेको हुदा धेरै फोन आइरहेको छ भने पछि करुणाले त्यो भित्ताका टाँसेको घरभाडा भन्ने कागज पनि च्यातिन्।
अनि करुणाले रु १ हजार बैना घरबेटिलाइ दिइन ।
अब ३,४ दिनमा सर्ने पक्का भो ।
बैना स्वरुप करुणाले दिएको रु १ हजार घरबेटीले ज्याकेटको खल्तिमा राखिन् अनि फेरि सोधिन , बैनीको थर के हो रे ? करुणाले भनिन बिश्वकर्मा ।
बिश्वकर्मा भन्दा बितिकै घरबेटीको अनुहारमा एकाएक परिबर्तन आउन थाल्यो , फेरि सोधिन विश्वकर्मा ?
अनि करुणाले भनिन् हजुर बिश्वकर्मा भनेको दलित भित्रको एउटा थर हो थाहा छैन र तपाईंलाई ?
अनि घरबेटी अर्थात उनका श्रीमान पनि ठिक यहि समयमा तरकारी हातमा लिएर आए ….!
श्रीमतीले सोधिन कोठा भाडामा दिन भनेको वहाँहरु त बिश्वकर्मा पो रहेछ … अनि खासखुस गरे र महिलाले भनिन बैनी हामी कोठा दिन सक्दैनौं तपाईंहरु बिश्वकर्मा रहेछ ।हामी गाउँबाट आएको घरमा अरु नि छन् गारो नमान्नुस जात पहिले सोध्न पर्ने अहिले थाहा पाए भन्दै करुणाले दिएको बैना फिर्ता गरिन ….!
करुणाले के सोचिन होला ?
आफुलाइ कुकुर भन्दा पनि तल्लो दर्जाको रूपमा हेरेको भन्दै त्यो बैना नलिइ उनी फर्कीइन ….!
के करुणाले न्याय पाउछिन ? मानव भएर मानबको दर्जा दिन नसक्ने घरबेटीले सजाय पाउलान् त ?
बाकी ……..

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्