Elevated view of Kuala Lumpur skyline.

Banner First

काेराेना महामारीका कारण मलेसियामा अझै आवागमन लम्बिदै

By Thah Online

February 18, 2021

काठमाडौं।  मलेसियाले कोरोना भाइरस (कोभिड–१९) को माहामारी नियन्त्रण गर्न जारी गरेको आवागमन नियन्त्रण आदेश (एमसीओ) आगामी मार्चसम्म विस्तार गरेको छ । गत जनवरी १३ तारिखदेखी फेब्रअरी १८ तारिख बुधबारसम्मका लागि जारी गरेको आवागमन नियन्त्रण आदेशका बीचमा महामारी अपेक्षित निण्न्त्रणमा नआएपछि मलेसियाले आवागमन नियन्त्रण ओदश (एमसीओ) मार्च ४ तारिखसम्म लम्ब्याएको हो ।

 

मंगलबारमात्रै करिब ३ हजार नयाँ संक्रमित फेला परेको मलेसियामा हालसम्म २ लाख ७२ हजारभन्दा बढी संक्रमित रहेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । मंगलबार त्यहाँ कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।

मलेसियामा सबैभन्दा बढी राजधानी क्वालालम्पुरसँग जोडिएको राज्य सेलोङ्गार त्यसपछि क्रमशः जोहरवारु, सारावाक र राजधानी क्वालालम्पुरमा संक्रमति फेला परेका छन् । मलेसियामा विभिन्न १५ देशका १७ लाख बढी विदेशी कामदार रहेका छन् । त्यसमा नेपाली कामदारको संख्या तीन लाख पचास हजारभन्दा केही बढी रहेको छ ।

मलेसिया सरकारले मंगलबारसम्म ७ हजार विदेशी कामदार संक्रमित भएको जानकारी सार्वजनिक गरेको छ । मलेसियाले गत फेब्रुअरी पहिलो तारिखदेखि विदेशी कामदारको अनिवार्यरुपमा कोभिड जाँच गर्नुपर्ने नियम लगाएको छ । नेपालमा दर्ता रहेकामध्ये आधाभन्दा बढी म्यानपावर कम्पनीले मलेसियामा कामदार पठाउने गरेका छन् ।

मलेसियामा कोभिडको बढ्दो संक्रमणले नेपाली व्यवसायीहरुलाई समेत चिन्तित बनाएको छ । सरकारले वार्षिक एक सय जना कामदार नपठाएर ईजाजतपत्र रद्ध गर्ने नियम कार्यान्वयनमा ल्याइरहेको बेला कामदार जाने मुख्य गन्तव्य मुलुक महामारीको चपेटामा पर्दा व्यवसायीहरु चिन्तित बनेका हुन् ।