भारतीय सत्ताधारी पार्टी बिजेपीको सरकार बनाउने योजनाको घोर निन्दा र भर्त्सना



काठमान्डौं
नेपाल कम्युनिपष्ट पार्टीले नेपालको स्वाधीनता र सार्बभौमिकताको खुल्ला उल्लंघन गर्दै नेपालमा भारतीय सत्ताधारी पार्टी बिजेपीको सरकार बनाउने योजनाको घोर निन्दा र भर्त्सना गरेको छ । पार्टीका सह–संयोजक लोकनारायण सुबेदीले हस्ताक्षर गरेको बक्तब्यको पूर्ण पाठ यस प्रकार छ :

भारतको उत्तर–पूर्बी राज्य त्रिपुराका मूख्यमन्त्री बिप्लबदेबले गएको शनिबार नेपालको सार्बभौमिकता, स्वाधीनता र स्वतन्त्रताका बिरुद्ध दिएको अत्यन्तै असंबेदनशील, गैर जिम्मेवार र आपत्तिजनक अभिब्यक्तिप्रति नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । देबले भारतीय जनता पार्टीको एक कार्यक्रममा बोल्दै नेपाल र श्रीलंकामा भारतीय जनता पार्टीको सरकार बनाउने भाजपाका पूर्ब अध्यक्ष तथा बर्तमान गृहमन्त्री अमित शाहको योजना रहेको खुलस्त पारेबाट भारतीय जनतापार्टी नेपाल बिरुद्ध कसरी लागिरहेको रहेछ भन्ने कुरा पुनः पुष्टी भएको छ । नेपाल कम्युनिष्ट पार्टी भारतीय जनता पार्टीको यस्तो घोर अमान्य र अस्वीकार्य हर्कतको तीब्र निन्दा, भर्त्सना र घोर बिरोध गर्दछ ।

भारतीय अभिजात बर्गीय सत्ताले नेपाल लगायत छिमेकी देशहरुप्रति प्रभूत्व जमाउने, हैकम चलाउने र तिनलाई आफ्नो प्रभाव क्षेत्रकोरुपमा अपमानजनक ब्यवहार गर्ने जस्ता हर्कत गर्दै आएकोप्रति नेपालको स्वाधीनता र स्वतन्त्रता चाहने सबै एकजुट भएर आवाज उठाउनु पर्दछ र भारतीय सत्ताको यस्तो प्रबृत्तिका बिरुद्ध साम्राज्यबाद बिरोधी भारतीय जनताको पनि समर्थन र सहयोगको खोजी गर्नु पर्दछ र नेपाल–भारत जनमैत्रीलाई बलियो तुल्याउनु पर्दछ भन्ने नेपाल कम्युनिष्ट पार्टीको आग्रह छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्