मधेशको दलित विकास समिति समाबेशी नभएको भन्दै चमार समाजद्धारा खारेजीको माग



जनकपुरधाम । प्रदेश २ सरकारले दलित बिकास समिति गठन गरेको समाबेशि नभएको भन्दै चमार कल्याण समाज खारेजीको माग गरेको छ । चमार कल्याण समाजका केन्द्रिय उपाध्यक्ष अमिरी मोची लगाएत बैदेशिक शाखाहरुले आज विहिवार एक प्रेश विज्ञाप्ती जारी गर्दै सो निर्णय समाबेशी नभएको , दलित समुदायको एकतालाई फुटाउन खोजेको , जनसंख्याको आधारमा आफुहरुको सहभागिता नभएको भन्दै सो निर्णयको विरोध गरेका हुन ।

प्रदेश २ मा चमार जातिहरुको जनसंख्या लगभग ९ प्रतिशत रहे पनि प्रदेश सरकारले चमार जातिहरुप्रति पुर्बाग्रही भएर समाबेश नगरेको समाजको ठहर रहेको छ । मधेशमा सबै भन्दा बढि उत्पीडनमा आफुहरु रहेको र आफुहरुलाई सबै भन्दा बढि बिभेद प्रदेश सरकारले गरिरहेको चमार कल्याण समाजका केन्द्रिय सदस्य उदय नारायण चमारले अरोप लगाउनु भएको छ । जनता समाजबादी पार्टीका गैर दलित नेताहरुले आफनोे गर्लफ्रेण्ड , दलित आन्दोलनमा योगदान नदिएकाहरुलाई नियुक्त गरेको चमारले आरोप लगाएका छन ।

आफनो चमार जातिहरु माथि नेपाली पुलिसले अत्याचार गर्दा प्रदेश सरकार अपराधीहरुलाई बचाउनका लागि लाग्ने , चमार जातिहरुलाई सधै हेप्ने , चमार जातिहरु आफुहरु पनि मानव हो मानव सरह ब्यवहार गर्न माग गर्दा विभिन्न आरोपमा जेल पठाउने गरेको रामले बताए । प्रदेश सरकारले दलित समुदायहरुको नाममा केन्द्रबाट आएको बजेटलाई गैरदलित र मन्त्रिहरु मिलेर खानेको गरेको समते समाजका केन्द्रिय उपाध्यक्ष अमिरी मोची चमारले अरोप लगाएका छन ।

प्रदेश दुई सरकारको विरोधमा चमार कल्याण समाज साउदी अरेबिया शाखा , मलेसिया , दक्षिण कोरिया , कतार , संयुक्त राज्य अमेरिका लगाएतले प्रेस विज्ञप्ती निकालेका छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्