बैदेशिक रोजगार

राहदानी आवेदनका लागि यूएईमा हुलाक या कुरियर सेवा

By Thah Online

February 19, 2021

काठमाडौं । राहदानी आवेदनका लागि यूएईमा हुलाक या कुरियर सेवा हुने भएकाे छ ।  कोरोना भाइरसबाट दूतावासका अधिकांश कर्मचारी संक्रमित भएको भन्दै यूएईमा रहेको नेपाली दूतावासले राहदानीको लागि आवेदनसमेत हुलाक तथा कुरियरको प्रयोग गरेर दिन आग्रह गरेको हाे ।

दूतावासले एक सुचना जारी गर्दै दूतावासका अधिकांश कर्मचारीहरु कोरोना संक्रमित भएकाले फागुन दुई गतेदेखि लागू हुने गरी भौतिक सम्पर्क कम गर्न कुरियर तथा हुलाकबाटै राहदानीको लागि आवेदन दिन आग्रह गरेको हो ।

राहदानीको लागि फारम भर्ने, राजश्व तिर्ने तथा साथमा पठाउनुपर्ने आवश्यक कागजातका बारेमा आफ्नो वेबसाइटमा गएर हेर्न र बुझ्न सकिने दूतावासले जनाएको छ ।