एक रुपैयाँ संकलन गर्दै दाङ आईपुगे जगत गुरु



दिपक बोहरा,
तुलसीपुर ३० पुस ।

महाँकालीमा ७५ फिट अग्लो नेपाल आमाको मुर्ति निर्माण गर्ने लक्ष्य लिएर एक रुपैयाँ संकलन गर्दै जगत गुरु दाङ आईपुगेका छन् । बिगत तीन दिन देखी उनी दाङमा एक रुपैयाँ संकलन गर्ने अभियानमै छन् । उनी अझै केही दिन दाङमै रहने तुलसीपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ । २०७२ बैसाख ५ गतेबाट पश्चिम महाकाली देखी पुर्ब मेची सम्मको पैदल यात्रा शुरु गरेका गुरु बालसन्त मोहनशरण देवाचार्य ( जगत गुरु) संग रिपोर्टस् क्लब दाङले आईतबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेको थियो ।

अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जगत गुरुले माघको अन्तिम सम्म देशभर पैदल यात्रा गरि सक्ने बताए । सबै देशबासीबाट संकलन भएको उक्त रकमले नेपाली आमाको ७५ फिट अग्लो मुर्ती निर्माण गर्ने वताए । शान्ति, एकता र हिन्दु धर्मको रक्षा अभियान लिएर मेची–महाकाली पैदल यात्रामा निस्केका बसन्त गुरुले यात्राका क्रममा घरदौलो र प्रवचन मार्फत दाङका शक्तिपीठ तथा मन्दिरबाट निर्माणाधिन अष्ठधातु जडित नेपालराष्ट्रको ७५ फिट अग्लो मूर्तिका लागि भिक्षादान संकलन गरिरहेका छन् ।

शान्ति, एकता र हिन्दुत्व रक्षाको प्रतिकस्वरुप सुन, चाँदी, तामा, फलाम, पित्तल लगायत अष्ठधातुको बिशाल मुर्ति निर्माण गर्न लागिएको देवाचार्यको भनाई छ । मूर्ति निर्माणका लागि २५ करोड रुपैयाँ खर्च लाग्ने उनले बताए ।

साथै मुलुक खण्ड खण्ड हुन लागेको भन्दै नेपाललाई एक बनाउनका लागि मुर्ति निर्माण गर्न लागिएको उनको भनाई छ । सबै नेपालीले एक एक रुपैयाँ उठाए मात्रै तीन करोड भन्दा बढी रकम संकलन हुने र नेपाली आमाको मुर्तिमा सबै नेपालीले आफ्नो लगानी भएको अनुभुती हुने भएकाले सबै नेपालीबाट एक एक रुपैयाँ संकलन गर्न लागिएको उनले वताए ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्