फागुन ७, कञ्चनपुर। १४ वर्षीया बालिकालाई यौ न दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका-६ बिद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङगानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङगानाले यौ न दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।