बैतडी। बला त्कारपछि ह त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको श व उनका आफन्तले बुझेका छन् । मृ त भेटिएकी १७ औँ दिनमा आज उनका आफन्तले श व बुझेका हुन् ।श वलाई आजै दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आ र्यघाटमा अ न्त्येष्टि गरिएको भागरथीका काका शिवराज भट्टले जानकारी दिए । भागरथीको श व आजसम्म जिल्ला बैतडीको श वगृहमा राखिएको थियो ।
भागरथीको श वयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो । श वयात्राका क्रममा रुवाबासीसमेत चलेको थियो ।गत माघ २२ गते वी भत्स र नि र्वस्त्र अवस्थमा मृ त भेटिएपछि अ पराधीको पत्ता लगाउनुपर्ने माग राख्दै आफन्तले उनका शव बुझ्न अस्वीकार गरेका थिए । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो ।
भागरथीको श व परीक्षण रिपोर्टमा बला त्कारपछि ह त्या भएको उल्लेख छ । सार्वजनिक गरेको दिनसम्म दिनेशले आफूले भागरथीको ह त्यामात्रै गरेको बताउँदै आएका थिए तर बिहीबार दिनेशका बुबासमेत राखेर सरकारी वकिलमा गरिएको बयानमा भने दिनेशले आफूले नै ब लात्कार गरी ह त्या गरेको स्वीकार गरेको थियो । त्यसपछि मात्रै भागरथीका आफन्तले श व बुझ्न मानेका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।