सैघाली खबर
दाङ,३० पुस ।माघेसंक्रान्तिको पूर्वसन्ध्यामा दाङका मुख्य बजारमा तरुल गन्जि किन्ने सर्वसाधारणको भुईलो लागेको छ । घोराही ,तुलसीपुर लमही लगाएतका विभिन्न बजारमा तरुल किन्ने सर्वसाधारणको घुईलो लागेको हो । माघे संक्रान्तिको प्रमुख खाद्य भएकाले पनि तरुल किन्ने र बेच्नेहरूको व्यापक चहलपहलका बढेको व्यापारीले वताएका छन् ।पाँचऔंले, सिंगाने पिंडालु, दुधे पिंडालु, घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाईले, पातले, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल लगायतका तरुल किन्न पाइन्छ ।
किलोको ३० देखि ४०० रुपैयाँसम्म
बजारमा तरुल व्यापारीहरुले फरक फरक मुल्यमा तरुल विक्री वितरण गर्दै आएका छन् व्यापारीले प्रति किलो ३० रुपैयाँ देखि ३ र ४ सय रुपैयाँ प्रती किलोको दरले विक्री गरेको व्यापारी रामबहादुर चौधरीले बताउँनुभयो ।बजारमा आज तरुल आफु खुशी मुल्य तोकी विक्री बितरण हुदै आएको चौधरीको भनाई छ ।बजारमा हात्तीपाईले तरुलको मूल्य प्रतिकिलो ७० देखि ८० रुपैयाँ छ । त्यस्तै, वन तरुलको मूल्य प्रतिकिलो एक सय देखि दुईसय रुपैयाँसम्म छ ।पातले तरुल प्रतिकिलो ६० देखि एक सय २० रुपैयाँसम्ममा किन्न सकिन्छ । स्कुसको जरा भने एक सय ५० देखि दुई सय रुपैयाँसम्ममा व्यापारीहरूले बेचिरहेका छन् ।घर तरुल प्रतिकिलो ३० रुपैयाँमा पनि उपभोक्ताले खरिद गरिरहेका छन् । यसैगरी, पातले तरुलको मूल्य ८० रुपैयाँको हाराहारी छ भने आकाशे तरुल प्रतिकिलो ५० रुपैयाँ पर्छ ।
राते तरुलको मूल्य व्यापारीहरूले पनि ५० रुपैयाँको हाराहारीमा तोकिएको छ । त्यसका साथमाघे संक्रान्तिमौ मूख्य कारोबार मौसम भएकाले पनि व्यापारीलाई तरुलको व्यापार गर्न भ्याई भ्याइनभ्याई छ । त्यसका साथै तरुल व्यापारी रामबहादुर चौधरीका अनुसार यसपालीको सिजनमा २० हजारको तरुल विक्री गरेको उहाँको भनाई छ।
तरुल खानुको फाईदा
निकै स्वादिष्ट कन्दमुलको रुपमा रहेको तरुलले हाम्रो स्वास्थ्यमा पार्ने फाइदाका बारेमा कमै मानिसलाई जानकारी छ । वास्तवमा तरुल केवल तरकारी मात्र होइन, जडीबुटी नै हो । तरुलमा फाइबर, भिटामिन सी, भिटामिन बी सिक्स, भिटामिन बि वान, फोलिक एसिडका अलावा पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम तथा फोस्फोरस जस्ता पोषक तत्वहरु पर्याप्त मात्रामा पाइन्छ ।
तरुलको नियमित सेवनले बाथ रोग भएका व्यक्तिहरुलाई निकै लाभ मिल्दछ । साथै तरुलमा हुने एन्टीअक्सिडेन्ट, भिटामिन सी तथा बिटा क्यारोटिनले सरीरमा क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्दछ । यो क्यान्सरको कारक तत्वको रुपमा रहेका फ्री रेडिकल्स सँग लड्दछ । साथै तरुल दमरोगीका लागि पनि फाइदजनक हुन्छ ।तरुल नियमित रुपमा सेवन गर्नाले कब्जियत तथा कोलेस्ट्रोलका कारण हुने समस्याबाट पनि राहत मिल्दछ । साथै तरुलको नियमित सेवनले स्मरण क्षमतामा वृद्धि हुन्छ भने अल्जाइमर रोगबाट बचाउँछ । तरुलमा पाइने ओमेगा थ्री ले रक्तसंचारलाई नियमित गर्नुका साथै धमनीहरु बन्द हुने समस्या हटाउँछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।