सैघाली खबर
दाङ, ३० पुस । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका बालविकास केन्द्रको शिक्षालाई प्रभावकारी बनाउन आधारभुत एवं माध्यमिक शिक्षा ईकाई प्रमुखलाई अधिकार दिएको छ ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले उच्च विद्यार्थी संख्या भएका बाल विकास केन्द्र र सहयोगी कार्यकर्ता कम भएका विद्यालयमा पाएक पर्ने गरि विद्यालयमा काज सरुवा गर्न आधारभूत एवं माध्यमिक शिक्षा इकाई प्रमुखलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो ।
उपमहानगर क्षेत्रमा संचालन भएका बालविकास केन्द्र अनुगमन गर्दा धेरै जसो स्थानमा कक्षा संचालन नभएको र केहि स्थानमा न्यून विद्यार्थी भएको पाईएकोले अनुगमन समितिको प्रतिवेदनको आधारमा उक्त अधिकार दिईएको प्रबक्ता भरत अर्यालले जानकारी दिनुभयो ।
यसैविच बैठकले जस अन्तरगत योजना संचालन कार्यान्वयन, जाँच पास तथा फरफारक कार्यविधि निर्माण समितिबाट पेश भएको योजना तथा कार्यक्रम संचालन, कार्यान्वयन जाँचपास फरफारक कार्यविधि, सामाजिक विकास समितिबाट पेश भएको कक्षा ८ को आधारभूत तह उत्तीर्ण परिक्षा कार्यविधि र निर्देशिका र सामाजिक विकास महाशाखाबाट पेश भएको तालिम व्यवस्थापन तथा संचालन कार्यविधि माथि छलफल गरि निर्माण समिति र महाशाखाबाट पेश भएको कार्यविधि पारित गरेको हो ।
साथै बैठकले नेपालीको महान चाड माघे संक्रान्ति र थारु समुदायको नयाँ बर्षकोरुपमा मनाईने माघीको अबसरमा सबै नगरबासीलाई शुभकामना दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।