तिलक परियारलाई पदमुक्त गरेकोमा दाहाल असन्तुष्ट



काठमाडौं । प्रदेश नंबर २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टी व्यक्त गरेका छन् । प्रम ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले परियारलाई पदमुक्त गरेकी हुन् ।

दाहालले २ नम्बर प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्टा भएको बताएका छन् । दाहालले सरकारले परियारलाई पदमुक्त गरेर सम्पूर्ण दलित समुदाय माथि नै अपमान गरेका बताए ।

दाहालकी स्वकीय सचिव छोरी गंगा दाहालले फेसबुक मार्फत् यस्ते कुरा सार्वजनिक गरेकी हुन् । परियार २ वर्षअघि माओवादी कोटाबाट २ नम्बर प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका थिए । पार्टी विभाजित हुँदा परियार दाहाल नेपाल समूहमा रहेका कारण उनलाई ओलीले पदमुक्त गरेका हुन् । उनलाई हटाएर प्रम ओलीले सो पदमा आफू निकट पत्रकार राजेश अहिराजलाई नियुक्त गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्