मुलुकको भबिस्य निर्माण गर्न ओलीले नेतृत्व गरेको नेकपामा आबद्ध भयौं – उषाकला राई



काठमाडौं । नेकपाका नेता एवम् प्रदेश नं १ सभाका सांसद उषाकला राईले आफूहरु जनताको बहुदलीय जनवाद (जबज) स्वीकार्दै केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमा उभिने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सूचना प्रेशित गर्दै सांसद राइले सो कुरा प्रष्ट पारेकी हुन् ।

धेरै साथीहरू ले फोन गरेर हाम्रो बारेमा बुझ्न कोशिस गरीरहनु भएको छ । त्यसैले यो सार्बजनिक सूचना प्रेशित गर्दैछु।
हाम्रो कोहि प्रत्ति आरोप प्रत्यारोप आग्रह पुर्वाग्रह छैन। सबै नेताहरुप्रति उच्च सम्मान छ। पार्टी फुटको यो मोडमा हामि जस्ता पार्टीका ईमान्दार कार्यकर्ता हरु मर्माहत छौं। हाम्रो ब्यक्तिगत स्वार्थ केहि छैन। यो मुलुक बनोस् , राष्ट समृद्ध र स्वावलम्बि स्वाधीन बनोस् कामना यहि हो। यो काममा जीवनभर लागि नै रहने छौं यो हाम्रो प्रतिबद्धता हो । समाजबाद सपना मात्र होईन जनताको जीवनमा यथार्थ बनोस्। अझै पनि पार्टी एकतामा जान सकोस। हाम्रो पहिलो प्रयास र प्राथमिकता यहि छ । राष्ट्रको समृद्धि र बिकाश नै मुलुकको निकाश हो हाम्रो जोड यसैमा छ।
प्रस्ट रुपमा भन्नु पर्दा यतिखेर हामी समाननीय प्रधानमन्त्री क. केपि ओलिले नेतृत्व गर्नु भएको नेकपा पार्टीको पंक्तिमा उभिने र फेरी पनि जनताको बहुदलीय जनबाद्को आलोकमा पार्टि निर्माण र मुलुकको भविष्य निर्माण गर्ने कुरामा आबद्द हुने निर्णय गरेका छौ । जो साथिहरु नेताहरु जो जहा रहेपनि उतिकै सम्मान र माया व्यक्त गर्दछौं।लोकतान्त्रीक ब्यबस्थामा बिचार सबैका स्वतन्त्र छन। आफ्नो इच्छा र बिचार लागे अनुसार सबैले लाग्ने हो गर्ने हो। हाम्रो यतिखेरको बिचार र निर्णय सहि छ भन्ने लागेको छ हजुरहरु सबैको माया साथ सहयोग रहने छ भन्ने कुरोमा फेरी पनि बिस्वस्त्त छौं । यहि अनुरोध सबैमा गर्न चाहान्छौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्