ओलीमाथि खनिए भीम रावल, अदालतलाई धम्क्याउने, फरार अपराधीहरूलाई गुटमा भित्र्याउने ?



काठमाडौं। नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश,स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको बताएका छन्। उनले ओलीले प्रधानमन्त्री पदमा बसेर सर्वोच्च अदालतलाई धम्क्याएको आरोप लगाएका छन्।

रावलले ट्वीटरमार्फत् फरार अभियुक्तलाई गुटमा भित्र्याउनुका साथै आफै कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश २ का प्रमुखलाई हटाउनुबाट ओली निरंकुश,स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि भएको जिकिर गरेका छन्।

‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको अपराधिकरण गर्नु र आफै कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नं २ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश,स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ’,रावलले ट्वीटरमार्फत भनेका छन्। रावलले प्रमको कार्यशैलीको चर्को विरोध गर्दै आएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्