प्रदेश प्रमुख र अस्थायी केन्द्र आज तोकिँदै,



सैघाली खबर,
काठमाडौं २ माघ । सरकारले मंगलबार आज प्रदेश प्रमुख र प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ। दिउँसो साढे ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकबाट सातवटै प्रदेशमा प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने कानुन मन्त्री यज्ञबहादुर थापाले जानकारी दिए।

प्रदेशसभाले राजधानी नतोकेसम्म सरकारले काम चलाउन स्थान मात्र तोक्ने मन्त्री थापाको भनाइ छ। प्रदेशको अस्थायी राजधानी तोक्दा आन्दोलन चर्किन सक्ने देखिएपछि सरकारले कार्यसञ्चालनका लागि अस्थायी कार्यालय मात्र तोक्न लागेको हो।

मन्त्री थापाका अनुसार सरकारले उच्च अदालत भएका ठाउँमा अस्थायी कार्यालय तोक्नेछ। त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिका लागि दलहरुसँग पनि अनौपचारिक छलफल गर्ने तयारी गरेका छन्।

सहमतिमै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्नका लागि बिहान बोलाइएको मन्त्रिपरिषद् बैठक दिउँसोलाई सारिएको होु कानुन मन्त्री थापाले भने प्रधानमन्त्री देउवाले आफ्नै पार्टीसँग पनि आन्तरिक छलफल गर्दै हुनुहुन्छु।

प्रधानमन्त्रीले पार्टीका शीर्ष नेताहरूको बैठक पनि बोलाइएको कांग्रेसले जनाएको छ। मन्त्रिपरिषद् बैठक बस्नुअघि कांग्रेसको आन्तरिक छलफल गर्ने तयारी भएको छु प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने। सरकारले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक र प्रतिष्ठित व्यक्तिहरूमध्यबाट प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्