खेलकुद

फाइनल म्याचको उपाधी अल कलाम पब्लिक स्कूल टिमले जित्याे

By Thah Online

February 21, 2021

शहबाज खान

कपिलवस्तु ।अल कलाम पब्लिक स्कूल बहादुरगंज द्वारा आयोजित क्रिकेट टूर्नामेंट प्रतियोगिताको उपाधि अल कलाम पब्लिक स्कूल टिमले जितेको छ। कपिलवस्तुको‌ बहादूरगंजमा शनिवार भएको फाइनल प्रतियोगिता अल कलाम पब्लिक स्कूल टिमले भारतको कोटिया टिम लाई ४ विकेटले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङ्ग गरेको कोटिया टिम ले निर्धारित १५ ओभर मा ३विकेट गुमाएर २२२ रनको लक्ष्य दिएकाे थियाे। कोटिया टिम को बिपक्षमा खैल्दै अल कलाम पब्लिक स्कूल टिमका खेलाडी कमलेशले लगातार बैटिंग गरि १३ छक्का र एक चौक्का को मदतले ९१ रन बनाई १४.२ ओभरमा ६ विकेट गुमाए र प्रतियोगिता जिते का छन। प्रतियोगितामा निकै प्रदर्शन देखाउने अल कलाम पब्लिक स्कूल टिमका कमलेश ले मैन आफ द मैच र मैन आफ द सीरीज श्रीकांत ले पाएका थिए। फाइनल मैच मा विजेता लाई ४०हजार र उपविजेता लाई २०हजार नगद पुरस्कार आयोजक समिती ले प्रतियोगिता मा आएका अतिथी जसपा का नेता रविदत्त मिश्रा र समाजसेवी तथा पूर्व प्रधान शिवप्रसाद जयसवालको हात बाट दुबै टिम लाई पुरस्कार हस्तांतरण का थिए। कार्यक्रममा जसपाका नेता मिश्रा ले नेपाल मा क्रमश खेलकूदको विकास भइरहेको ले राज्यले ध्यान दिनु पर्नेमा जोड़ दिए युवाहरुमा पछिल्लो समय खेलकुद प्रतिको लगाव बढदै गएको मा खुशि पनि व्यक्त गरे। आयोजक समिती लाई पूर्व प्रधान जयसवाल ले हृदय देखि धन्यवाद दिदै भनेकि यह प्रकारका खेलकुद को आयोजना गर्दा युवा तथा खेलाडीहरुको मनोबल बढ़ छ। र खेलकुद ले युवाहरु स्वास्थ्य पनि रहन्छन ।