तुलसीपुरको महोत्सबलाई फेमिना ग्रुपको समर्थन



 

सैघाली खबर,
दाङ २ माघ ।

बहिरा बालबालिकाको छात्राबास निर्माणका लागि तुलसीपुरमा हुन लागेको महोत्सबलाई दाङफेमिना ग्रुपले सक्दो सहयोग गर्ने भएको हो । बहिरा बालबालिकाको छात्रा बास निर्माण गर्ने भनी पबित्र उदेश्य लिएर महोत्सब सञ्चालन हुन लागेको भन्दै आफुहरुले पुर्ण सहयोग गर्ने वताएको हो ।

आईतबार एक बिज्ञप्ति जारी गरि महोत्सब सञ्चालनका बिषयमा नकारात्मक टिकाटिप्पनी हुने गरेको भन्दै महान उदेश्यले सञ्चालन गर्न लागेको महोत्सबलाई सबैले सहयोग गर्नुपर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा फेमिना गु्रपका सञ्चालक संगीता ढकाल ( खड्का), स्मृती केसी, दीक्षा केसी, शिक्षा श्रेष्ठ, कुसुम वली, पबित्रा पन्त, बबिता पन्तद्धारा हस्ताक्षरित बिज्ञप्तिमा महोत्सब सफल पार्न आर्थिक, नैतिक, भौतिक सहयोग गर्न राप्ती बहिरा संघसंग सहकार्य गरेर अघि बढ्ने उल्लेख गरिएको छ ।

राप्ती बहिरा संघले बहिराहरुको छात्राबास निर्माणका लागि माघ १५ देखी २५ गते सम्म तुलसीपुरमा कृषि, व्यापारिक तथा पर्यटन महोत्सब सञ्चालन गर्न लागेको छ । बाहिरा बालबालिकाहरुको उचित छात्राबास नहुँदा पुस माघको जाडोमा कठ्याङ्ग्रीदो रात बिताउन बाध्य छन् ।

 

ब्ततबअजmभलतक बचभब

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्