अब नेतृत्वकाे विकल्प नेपाली सेना : हेम विक्रम सिलवाल



काठमाण्डाैं। २००४ साल देखि २०७२ साल सम्म सात वटा संविधान बनेका छन्  । समयकाे याे कालखण्डमा  संविधानले मुलुकलाई प्रगती र उन्नती नगर्ने भनेर कहि कतै  गलत  लेखेको हाेइन  । नेपालमा दरिद्र मानसिकता , गरिवी नैतिकताको खडेरी यसको ज्वलन्त उदाहरण हो पि.एच.डी . गरेका डाक्टर अहिराजलाई हेर्न र देख्न सकिन्छ ।

संविधान जारी पछि नेपाल जस्तो देशले संघियता धान्दैन र केन्द्रिकृत विकेन्द्रिकरण सहितको स्थानिय स्वायत्त राज्य हुनु पर्छ भनि आफ्नो बौदिकता मिडिया मार्फत प्रस्तुत गर्नु  हुन्थ्यो।  के नेपालका बुदिजिवीहरु नेपालको बुदिजिवीहरु भन्ने एउटा गर्ने अर्को भएपछि समाजले बुदिजिबीहरुबाट कस्तो आसा गर्ने ? राण देखि पंचायत सम्मको विरोध गर्नुको कुनै अर्थ रहेनछ ।

मपाईवादको अन्त्य र नैतिकता र इमान्दारिताको खडेरी  र निषेधको राजनितीबाट हामी समाजले र भावी पिढीले देशको प्गती नहुनुको कारण खोज्ने बेला आएकाे छ  । विदेशी डिजाइनमा भएको परिवर्तन मन र बचनले प्रतिवद नभएको शासन व्यवस्था सार्थक नहुने प्रमाणित भयो । बाह्र बुंदे सहमति गरेर आएका राजनितिक दल , तथा कथित नागरिक समाज बाट मुलुकको प्रगती , उन्नती  सम्भव देखिदैन । अब स्थायित्व र मुलुक जिवन्त राख्न दलबाट सम्भव छैन र १५ वर्ष नेपालमा नेपाली सेनाको नेतृत्वमा नागरिक सरकार चलाउन आवश्यक छ र त्यस सरकारले गर्नु पर्ने काम, कर्तव्य र जिम्मेवारी
१. सान्ती सुरक्षा कायम गर्ने ।
२. क्षेत्रिय सुरक्षा र परराष्ट नितिमा सन्तुलन कायम गर्ने ।
३. स्वास्थ्य र शिक्षा पुर्ण निःशुल्क गर्ने ।
४. देशभित्रै रोजगारी सिर्जना गर्ने ।
५. कृषिमा क्रान्ती ल्याउने ।
६. जनताले उत्दान गरेको वस्तुको सरकार प्रवदन गर्ने ।
७. भष्टाचारलाई शुन्यमा झार्ने ।
८. पर्यटन व्यावसायलाई व्यवस्थित गर्ने ।
९. खानेपानी निःशुल्क गर्ने ।
१०. ग्रामिण कृषि सडकलाई उच्च प्राथिमकताका साथ अघि बढाउने ।
११. ऐतिहासिक धरोहरहरुको संरक्षण , सम्बर्धन गर्ने ।

माथी उल्लेखित बुदाहरुलाई यथाशिघ्र कार्यान्यवन गर्ने र गराउने कार्य गर्नका लागी पनि नेपाली सेनाको नेतुत्वमा १५ वर्ष नागरिक सरकारको आवश्यक्ता छ । यस परिस्थितीलाई भोली गरौला भनेर कोही भद्रो हेर्छ भने नेपाल अफगानीस्तान , कम्बोडिया , सिरिया आदी जस्तै अवस्थामा पुग्न सक्छ । हिजो स्थायी संसथा राजसंस्था थियो र बिदेशी प्रभावमा ओझेलमा पार्ने कार्य गरियो । आज त्यो दायित्व स्थायी सत्ता नेपाली सेना मात्र हो । मुलकमा संकट पर्दाको खातिर देश र जनताप्रति उत्तरदायीत्व निभाउन अब ढिलो गर्नु हुन्न । भाली गर्छु भन्न धेरै आए ?
संयोजक  हेम विक्रम सिलवाल
स्वतन्त्र नागरिक समाज

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्