ओलीले अदालतलाई धम्काएको आरोप



काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्काएको आरोप लगाएका छन् ।

आइतबार सुनसरीको इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओली विराटनगर अदालतलाई धम्काएको बताएका हुन्। उनले संसद पुनरस्थापना अदालतले गरे सेटिङ्ग र आन्दोलन गर्ने भनेर अदालतलाई धम्काउने काम गरेको पौडेलले बताए।

वरिष्ट नेता पौडेलले प्रधानमन्त्री ओलीले संविधान भत्काएर राष्ट्रलाई संकटमा पार्ने काम गरेको भन्दै राष्ट्र र संविधान बचाउन काँग्रेस लाग्नु पर्ने जिकिर गरे।
काँग्रेस अहिलेको अवस्थामा चुनावको पछाडि लाग्न नहुने तर्क गर्दै पौडेलले जनताको हित हुने कार्यमा लाग्नु पर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्