आर्थिक

दस हजार भन्दा माथीको राज्श्व बैंक बाटै प्रविधि मैत्री बन्दै मालपोत कार्यालय चन्द्रौटा

By Thaha - Online

February 21, 2021

चन्द्रौटा, कपिलवस्तु । मालपोत कार्यालय चन्द्रौटाका प्रमुखले आज पहिलोपटक शरद अधिकारीले धितो पास गर्दा लाग्ने राजश्व दस्तुर नेपाल बैंकमा जम्मा गरेको भौचर जम्मा गरेपछि रजिस्ट्रेसन पास गरि सेवाग्राहीले सिधै बैंकमा राजश्व जम्मा गर्ने कार्यको शुभारम्भ भएको छ ।

रजिस्ट्रेसन बापत लिने दस्तुर दस हजार भन्दा माथिको रकम सेवाग्राहीले सम्पुर्ण कागजात पूरा गरि रुजु पश्चात् राजस्व एकिन गरि स्वयं नेपाल बैंक लि चन्द्रौटा शाखामा रहेको मालपोत कार्यालय चन्द्रौटाको खाता नम्बर २२८०१०००००२००६०००००१ मा जम्मा गरिन सकिने र अब देखि राजश्व जम्मा भए पश्चात मात्र रजिस्ट्रेसन पास हुने जानकारी मालपोत कार्यालयको प्रमुख टिकाराम पौडेल दिए ।

बैंकमा जम्मा भएको रकम सोही दिन नै सेवाग्राहीले रजिस्ट्रेसन पास गर्नुपर्नेछ अन्यथा रकम फिर्ता नहुने भएकोले सेवाग्राहीले सम्पूर्ण प्रक्रिया एकिन नभै रकम बुझाएमा हुने नोक्सानी समेत स्वयं सेवाग्राही नै जवाफदेहि हुने भएकोले यस बिसयमा चनाखो हुनका लागि सबै पक्षलाई पौडेलले अनुरोध गरेका छन् ।

यस भन्दा पहिले मालपोत कार्यालयको रजिस्ट्रेसन फाटमा सिधै रकम जम्मा गरि रजिस्ट्रेसन पास गर्ने प्रचलन रहेको थियो । यसै गरि मालपोत कार्यालयले आगामी केही दिन भित्रै सेवाग्राहीलाई सहज ढंगबाट अनलाइन गरि सम्पुर्ण कामहरु चुस्तदुरुस्त गराउन सक्ने गरि लेखापढी ब्यवसाहिहरुलाइ समेत कम्पुटर डिजिटल सेवा प्रदान गर्ने गरि तालिम दिने ब्यवस्था समेत मिलाउने बताए ।