नमुना मतदान



 

घोराही । आसन्न स्थानिय तहको निर्वाचन लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय दाङले शनिवार घोराहीमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ । नमुना मतदान कार्यक्रममा नगर क्षेत्रका १ सय ५१ जना मतदाताले नमुना मतदान गरेका थिए । जस मध्ये ८ मत रद्द भएका थिए । ८८ महिला र ७३ पुरुष नुमना मतदान स्थलमा नमुना मतदान गरेका थिए ।madan 3
आसन्न स्थानियत तहको निर्वाचनमा हुने मतदान लाई रद्द हुन वाट वचाउने , मतदाता शिक्षा कार्यक्रम लाई नागरिक सम्म फैलाउन र आसन्न निर्वाचनमा मत कसरी खसाल्ने भन्ने वारे नवमतदाताहरु लाई मतदान तरिका र उपाय वारे नमुना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विजय कुमार कार्कीले वताए । कुल १ सय ५१ मत मध्ये ८ मत मात्रै रद्द भएको कार्कीले जानकारी दिए । जुन अनुपातिक रुपमा रद्द मतपत्र निकै कम रहेको उनले वताए । कार्कीले भने ‘नमुना मतदानमा थोरै मात्र मत रद्द भएकाले दाङमा मत रद्द हुने संख्यामा न्युन रहने वताए । उनले भने मतदाता शिक्षा कार्यक्रम लाई घरदैलो अभियानका रुपमा फैलाएको दाङमा मतदाता शिक्षा कार्यक्रम प्रभाव राम्रो देखिएको समेत उनले वताए । उनले भने ‘नमुना ’अर्थात परिक्षणका लागि गरिएको मतदानमा नागरिकहरुको उत्साह जनक सहभागिता र सचेत र शिक्षित मतदाताहरु देखिएको उनले वताए । उनले भने ‘ दाङमा रद्द मतपत्रको संख्या तुलनात्मक रुपमा कमि आउने देखिएको उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्