काठमाडौँ। राजनीतिक रुपमा पार्टी विभाजन भएको दुई महिनापछि नेकपाको दाहाल–नेपाल समूहले संगठनात्मक एकता सम्बन्धी आठ बुँदे मापदण्ड एवं आधार तयार पारेको छ। मापदण्ड तयार पारे पनि विभिन्न कमिटीमा खाली पदहरु कहिलेसम्म पूर्ति गर्ने भन्ने समयसीमा भने तोकिएको छैन।
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा फागुन ७ मा जारी परिपत्रमा यथाशीघ्र एकताका काम सक्ने विषय उल्लेख छन्। नेकपा विभाजनपछि ओली समूहमा लागेका नेताका पद अहिले रिक्त छन्। यसअघि दाहाल नेपाल समूहले पार्टी विभाजनलगत्तै प्रदेश इन्चार्ज भने तोकिसकेको छ।
अहिले नेकपा (प्रचण्ड-नेपाल समूह) र (ओली समूह)मा विभक्त छ। पार्टीका लुम्बिनी प्रदेश इञ्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ ओली समूहमा लागेका छन् । दाहाल नेपाल समूहले उनीहरूलाई हटाएर लुम्बिनीमा युवराज ज्ञवाली र गण्डकीमा देवेन्द्र पौडेललाई जिम्मेवारी दिइसकेको छ।
प्रदेश-२ का इञ्चार्ज सत्यनारायण मण्डल ओली समूहमा लागेकाले त्यहाँ इञ्चार्ज नियुक्त गर्न बाँकी छ। त्यस्तै पार्टी पदाधिकारी संरचनामा गएमा पदाधिकारी नियुक्त गर्न बाँकी छ। सचिवालयका नौ सदस्यमध्य यो समूहमा ४ जना मात्रै छन्। स्थायी समिति र केन्द्रीय समितिमा पनि सदस्य नियुक्त गर्न बाँकी छ।
धेरै अकाक्षी देखिएका सचिवालय सदस्य र महासचिवमा नेताहरूलाई सहमति गर्न फलामको च्यूरा चपाएजस्तै कठिन देखिएको छ। त्यो मापदण्ड तय भएसँगै समूहमा पनि विग्रह ल्याउन र भड्काउन भएका प्रयत्न तोड्दै आकांक्षीका नाम सम्बोधन गर्न सहज हुनेछ।
दुवै पक्ष (पूर्वएमाले र पूर्वमाओवादी) उत्तिकै सक्रिय भएर यो गठबन्धनलाई बलियो बनाउने र कतैबाट पनि यसमा आँच आउन नदिने गरी अगाडि बढ्ने नेताहरू बताउँछन्।
यस्ताे छ ८ बुदेँ मापदण्ड:-

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।