हेमन्तप्रकाश वली फागुन १०,दाङ ।
विप्लव नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) दाङले घोराहीमा दिप प्रज्वलन गरेको छ । बैतडीकी भागरथी भट्ट लगायत देशै भरीका पीडित नारीहरुको न्यायको निम्ति केन्द्रीय समितिद्वारा घोषणा गरिएको संघर्षका कार्यक्रम अन्तर्गत क्रान्तिकारी दाङले घोराहीमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका दाङ जिल्ला संयोजक अनिलले रामबहादुर थापाको गृह प्रशासनले जनताको शान्ति सुरक्षा ग्यारेन्टी गर्ने काममा असफल भएको जिकिर गरे ।
निर्मला पन्त, सम्झना विक, भागरथी भट्ट लागायत किशोरीहरु बलात्कार गरी हत्या भएका विभत्स लासहरु देख्दापनि सरकार जिम्मेवार नभएको भन्दै त्यसको घोर विरोध जनाए ।
अखिल (क्रान्तिकारी) केन्द्रिय समितिले फागुन ४ गते देशैभरी भएका बलात्कार, हत्या र महिला तथा बालबालिकाहरु माथिका घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै चरणवद्ध संघर्षका कार्यक्रम घोषणा गरेको थियो । जस अन्तर्गत फागुन ९ गते देशव्यापी दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।