भूकम्प सुरक्षा दिवस मनाइँदै



सैघाली खबर माघ २ ,काठमाडौँ। आज माघ २ गते । विगत वर्षझैँ यस वर्ष पनि भूकम्प सुरक्षा दिवस मनाइँदैछ । वि।सं। १९९० को महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले २०५५ सालदेखि माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आएको हो ।

यस वर्ष ‘सबल समुदाय र स्थानीय सरकार स् भूकम्पीय सुरक्षाको बलियो आधार’ लाई मूल नारा बनाइएको छ ।
माघ २ गते अब थोरै मानिसको मानसपटलमा मात्र विसं १९९० सालको महाभूकम्पको त्रासदीपूर्ण क्षणको स्मरण बाँकी होला । नेपाल भारत र तिब्बतलाई असर पार्ने गरी गएको ८ रेक्टर स्केलको उक्त भूकम्पले त्यतिबेला करिब आठ हजार नेपालीको ज्यान लिएको इतिहास पाइन्छ ।

नेपाल हरेक ८० देखि एक सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टरस्केल सम्मका भूकम्प जाने गरेको भूगर्वविदहरूले बताउँदै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्