Banner First

एसोसियट्स म्यानपावर ग्रुपमा विभागको छापा, गैरकानुनी भएको खुलासा (भिडियाे सहित)

By Thah Online

February 22, 2021

फागुन १० , काठमाडौँ । काठमाडौँ सामाखुसी रहेको  एसोसियट्स म्यानपावर ग्रुपमा  बैदेशिक रोजगार विभागले  छापा मारेको छ। डिमाण्ड नभएको तर सयौं युवाहरुलाई कतारमा पठाउने भन्दै गैरकानुनी रुपमा अन्तर्वार्ता लिदै आएको भन्ने गोप्य सुचनाको आधारमा थाहा अनलाइन डटकम सहित बैदेशिक रोजगारका विभागले छापा मारेको हो।

थाहा अनलाइन डटकम काठमाडौँमा कार्यरत पत्रकार कमल जि सी पर्त्यक्ष रुपमा उपस्थित हुँदा मिडियाले सबै कुरा बाहिर ल्याउने डरले संचालक समितिको भागाभाग भएको थियो। सयौं युवाहरु देशभरी बाट कतारको रोजगारीमा जाने भन्दै एजेन्ट मार्फत आएका थिए।

बैदेशिक रोजगारकाको टोली सहित जाँदा कानुन बिपरित संचालन भएको पाइएको छ। सो ठाउँ बाट विभागले सम्पूर्ण सामान पासपोर्ट सहित बरामत गरि लिएको छ। कानुन बमोजिम छानबीन भई कारबाही हुने बैदेशिक रोजगार विभागका अधिकृत चेतन कुमार खत्रीले जानकारी दिनुभयो।