राष्ट्रिय सभा निर्वाचनबारे दल र आयोगबीच छलफल हुदै



सैघाली खबर माघ २ ,काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न प्रमुख दलहरुलाई आयोगमा डाकेको छ।

प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन कार्यतालिका, आचारसंहिता, मतगणनाको विषयमा आयोगले छलफल गर्न लागेको हो।

दिउँसो १ बजे आयोगले दलहरुलाई निम्त्याएको हो। आयोगले दलहरुलाई बुधबारसम्म मनोनयन दर्ताका लागि आधिकारिक हस्ताक्षर बुझाउन समय दिएको छ।

प्रदेश प्रमुख नियुक्त नहुँदा निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको प्रभावित हुने बताइरहेको छ। आयोगले सात गतेसम्म प्रदेश प्रमुख नियुक्तीका लागि ताकेता गरिरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्