भागरथी लगायतका हत्याकाण्ड विरुद्ध क्रान्तिकारीद्धारा विरोध प्रदर्शन



हेमन्तप्रकाश वली फागुन-१०, दाङ ।
अखिल (क्रान्तिकारी) दाङले घोराहीमा विरोध प्रदर्शन गरेको छ । भागरथी भट्ट लगायत देशै भरी पीडित नारीहरुको न्यायको निम्ति केन्द्रीय समितिद्वारा घोषणा गरिएको संघर्षका कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी) दाङले घोराहीमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) दाङ जिल्ला संयोजक अनिलले जनतालाई सुरक्षा दिन नसक्ने राज्यका विरुद्ध निर्मम संघर्ष गर्न आह्वान गरे । अनिलले निर्मला पन्त, सम्झना कामी, भागरथी भट्ट लागायत किशोरीहरु बलात्कार पछि हत्या भएका विभत्स लासहरु देख्दा यो सरकार किन बोल्दैन ? भन्दै प्रश्न गरे ।

अखिल (क्रान्तिकारी) केन्द्रिय समितिले फागुन ४ गते देशैभरी भएका बलात्कार, हत्या र महिला तथा बालबालिकाहरु माथिका घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै चरणवद्ध संघर्षका कार्यक्रम घोषणा गरेको थियो । जस अन्तर्गत फागुन १० गते देशव्यापी विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्