दाङमा भलिबल प्रतियोगिता हुँदै, प्रथम हुने समूहले १ लाख पुरस्कार पाउने



हेमन्तप्रकाश वली दाङ, फागुन ११
दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘सबैका लागि खेलकुद, खेलकुदमा वैज्ञानिक नयाँ संरचना र आमूल परिवर्तन’ भन्ने मुल नाराका साथ भलिबल प्रतियोगिता गर्न लागिएको हो ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा यही फागुन १५ देखि १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

भलिबल प्रतियोगिताको माध्यमबाट नयाँ क्षमता र प्रतिभाहरु प्रष्फुटन हुने विश्वास व्यक्त गरिएको छ । खेलकुद विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महासंघका महासचिव विनोद चन्दको धारणा रहेको छ ।

चन्दले प्रतियोगितामा सहभागी हुने प्रत्येक समूहलाई ५ हजार दर्ता शुल्क लाग्ने जानकारी दिए । सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी यस सम्बन्धि जानकारी दिइयो । प्रतियोगितामा प्रथम हुने समूहलाई नगद १ लाख सहित शिल्ड मेडल प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाइएको छ ।

यस्तै दोस्रो हुने समूहलाई ५० हजार, तेस्रो हुने समूहलाई २५ हजार र चौथो हुने समूहलाई १५ हजार रुपैयाँ नगद शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने एक जनालाई सम्मान स्वरुप ५ हजार नगद प्रदान गरिने छ ।

उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट क्विकरलाई सम्मान स्वरुप ३-३ हजार रुपैयाँले सम्मान गरिने महासंघले जनाएको छ । प्रतियोगिता तुलसिपुरको अरनीको मैदानमा हुने छ भने फागुन १५ गते हुने उद्घाटन कार्यक्रममा उपस्थितिका लागि महासंघले सबै खेलप्रेमी जनसमुदायमा अपिल समेत गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्