फागुन ११, काठमाडौँ । कतारको संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा अनिवार्य गरिएको छ । सोमबार कतार स्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको जानकारी दिएको हो ।
नेपालबाट नयाँ कामदार माग गर्ने रोजगारदाता कम्पनीले सम्बन्धित नेपालका रिक्रुटमेन्ट एजेन्सी (मेनपावर कम्पनी) लाई उपलब्ध गराउनुपर्ने सेवा शुल्क (Service Charge) अनिवार्य रुपमा उपलब्ध गराउने गरी मागपत्रमा प्रतिबद्धता उल्लेख गर्नुपर्ने व्यवस्था लागु गरिएको छ ।
उक्त व्यवस्था मार्च १, २०२१ देखि लागू गरिएको दूतावासले जनाएको छ । सेवा शुल्क सम्बन्धि प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण नगरिने दूतावास जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।