साविक विजेता युभेन्ट्स शीर्षस्थानमा



एजेन्सी,
फाल्गुन  ११,
क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि युभेन्ट्सले सोमबार इटालियन सिरि ‘ए’मा क्रोटोन ३–० ले हराएको छ । जितसँगै युभेन्ट्स अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

साविक विजेता युभेन्ट्स शीर्षस्थानको इन्टर मिलान भन्दा अझै ८ अंकले पछाडि छ । ३८ औं मिनेट अलेक्स सान्द्रोको क्रसमा रोनाल्डोले हेडमार्फत गोल गरेका थिए । पहिलो हाफकै इन्जुरी समयमा आरोन रामसेको सहयोगमा अर्को गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारेका थिए । साढे दुई वर्षे सिरि ए यात्रामा रोनाल्डाको त्यो ७० औं गोल हो । युरोपका शीर्ष ५ लिगमा रोनाल्डोले गोल गरेको क्रोटेन ७८ औं क्लब हो । युभेन्ट्सका लागि वेस्टर म्याकिनीले नजिकबाट तेस्रो गोल गरेका थिए ।

सोमबारको २ गोलसँगै १८ गोलका साथ रोनाल्डो जारी सिजनको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले मिलानका रोमेलु लुकाकुलाई पछि पारेका छन् । २३ खेलमा इन्टरको ५३, दोस्रो स्थानको एसी मिलानको ४९ अंक छ । एक खेल कम खेलेको युभेन्ट्सको ४५ अंक पुगेको छ । अंक तालिकाको पुछारमा रहेको क्रोटोनको १२ अंक छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्