पूर्वप्रधानमन्त्री डा. भट्टराई अस्पताल भर्ना



काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई मंगलबार बिहान ९ बजे दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गएका छन्। स्वास्थ्य उपचारका लागि गत आइतबार दिल्ली गएका डा. भट्टराई आज अस्पताल भर्ना भएका हुन्।

उनलाई दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने बताइएको छ। सोमबार अस्पतालका वरिष्ठ चिकित्सक डा. विक्रम भाटियाले भट्टराईको प्रारम्भिक परीक्षण गरेका थिए। भट्टराईले यसअघि ललितपुरको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए। उपचारकै क्रममा भट्टराईलाई न्यूरो-इण्डोक्राइनमा ट्युमर पलाएको आशंका गरिएको छ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार नेपालमा त्यो ट्युमर घातक भएको वा नभएको नखुलेपछि निदानका चिकित्सक डा. निरज जोशीले नै भट्टराईलाई उपचारका लागि चाँडोभन्दा चाँडो दिल्ली जान सुझाएका हुन्। भट्टराईको मंगलबार दिनभरि नै स्वास्थ्य परीक्षण हुनेछ। त्यसपछि मात्र ट्युमर घातक भएको वा नभएको यकिन हुने भट्टराईले सोमबार साँझ कान्तिपुरसँगको भेटमा बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्