सैघाली खबर,
काठमाण्डौ २ माघ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारहरूले निर्वाचन प्रचारका क्रममा अधिकतम तीन लाख ५० हजार खर्च गर्न पाउने सीमा तोकेको छ ।
आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अल्पसंख्यक समुदाय तोकी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिसकेको छ । आयोगले माघ ३ गतेभित्र उम्मेदवार मनोनयनको पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखतको नमूना पठाउन दलहरूलाई भनेको छ ।
khabardabli

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।