१९ लाख ठगि गर्ने प्युठानका सन्तोष दाङमा पक्राउ



दाङ । १९ लाख रुपैया ठगी गरेको आरोपमा प्युठानका सन्तोष बिक मँगलबार पक्राउ परेका छन् ।
प्युठान नगरपालिका वडा नम्बर ७ पुण्यखोला निवासी सन्तोषलाई दाङ स्थित लमही प्रहरीले दिउँसो १ बजे पक्राउ गरेको हो । राप्ती गाउँपालिका वडा नम्बर २ बराखुटी निवासी भरत बहादुर बिश्वकर्माले पाउनुपर्ने रकम १८ महिना बित्दापनि नपाएपछि प्रहरीमा उजुरी दिएका थिए ।
गत पुस १५ गते दिएको उजुरीकै आधारमा उच्च अदालतले यही ९ गते पक्राउपुर्जी जारी गरेपछि सन्तोष पक्राउ परेका हुन ।

लमही नगरपालिका वडा नम्बर १ नर्तिमा रहेको भरतको २८ मिटर लम्बाई रहेको जग्गा २०७६ मँसिरमा सन्तोषले खरिद गरे । सन्तोषले केही रकम दिए अनि बाँकी रकम केहीदिन मै दिने सहमतीमा सम्झौता भयो । तर भरतले १८ महिना बितिसक्दा पनि बाँकि रकम १९ लाख भने पाएनन् । उनलाई टार्नकै लागि सन्तोषले खाली चेक दिईरहन्थे ।

१८ महिनाको अबधीमा सन्तोषले आफुलाई सिद्धार्थ बैँकको ५ ओटा खाली चेक काटेर दिएको पिडित भरत बताउँछन् । सन्तोषले गत २०७७ जेठ ३१ गते पाँचौ पटक चेक काटेर दिए । अन्तिम पटक भनेर दिईएको यो चेक पनि खाली थियो । अनि सन्तोष केही समय सम्पर्क बिहिन भए । तरपनि खाली चेक पकेटमा राखेर भरतले बाँकि रकम पाउने आश त मारेनन् । १८/१८ महिना सम्मपनि जग्गा बिक्रि गरेको बाँकि रकम नपाउँदा अत्ति भएर प्रहरीमा उजुरी दिएको भरतले बताए ।

सन्तोष अहिले वडा प्रहरी कार्यालय लमहीको हिरासतमा छन् । उनलाई बैँकिङ कसुर सम्बन्धीको ठगी मुद्दा लगाउने तयारी भईरहेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्