टप फिचर

लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु: अध्यक्ष नेपाल

By Thaha - Online

February 23, 2021

काठमाण्डौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन्। मङ्गलवार सर्वोच्चको फैसलापछि ट्वीट गर्दै नेता नेपालले भन्नुभएको छ, ‘सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले नागरिकको जित भएको छ, सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु।’

नेता नेपालले सम्पूर्ण नागरिक, आन्दोलनमा उत्रेका दल, नागरिक समाज, मिडिया, समाजका सबै तहका नागरिकलाई हार्दिक धन्यवादसमेत दिएका छन्। गएको पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।