देशका पहाडी भू-भागहरुमा आंशिक बदली, आगामी तीन दिनको मौसम पूर्वानुमान



फाल्गुन १२ गते (बुधबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

फाल्गुन १३ गते (बिहीबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ

राती : प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

फाल्गुन १४ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्