दाहाल माधव संग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकाे भेट



१२ फागुन, काठमाडौं । आज नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले नेपाली काँग्रेसका सभापति एबम् प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग भेट गरेका छन् ।

आज दिउँसो सभापति देउवालाई भेट्न पुगेका अध्यक्षद्वयले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताएक छन् । यसअघि पनि नेताद्वयले सभापति देउवालाई प्रधानमन्त्ती बन्न संसद बिघटन बिरुद्धको आन्दोलनको नेतृत्व गर्न आग्रह गरेका थिए । संसद बिघटन बिरुद्धको आन्दोलनमा काँग्रेसले नेकपासँग मिलेर भन्दा पनि एक्लै आन्द्योलन गर्यो भने प्रधानमन्त्री बन्न आएको प्रस्तावमा पार्टीभित्र छलफल गरेर निर्णय दिने प्रतिकृया अध्यक्षद्वयलाई दिएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।

स्वकीय सचिव देउवाले भने आपसी मिलेर जानुपर्ने अध्यक्षद्वयले सभापति देउवालाई प्रस्ताव गरेको बताएका छन् । उनका अनुसार सभापति देउवाले पनि आफू सकारात्मक रहेको बताएका थिए । सभापति देउवाले तत्कालका लागि आफूले प्रधानमन्त्री बन्ने निर्णय अस्वीकार गर्दै पार्टीभित्र छलफल गरेपछि के हुन्छ भन्ने प्रतिकृया दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्