Banner First

प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिदैं

By Thah Online

February 24, 2021

फागुन १२,   काठमाडौं   । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहको स्थायी कमिटी बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिने निष्कर्ष निकालेको छ । बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएको जनाइएको छ। प्रधानमन्त्री ओलीले अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई ईंगित गर्नुभएको छ ।

‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ’, प्रवक्ता ज्ञवालीले भन्नुभयो ।साथै, अदालतको फैसलाबमोजिम तोकिएको समयसीमाभित्रै संसद्को बैठक बोलाउने निर्णय भएको प्रवक्ता एवम् परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ ।’ त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने पनि उहाँले बताउनुभएको छ । सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।