जात थाहा पाए पछि बैना फिर्ता गरि जातीय विभेद गर्ने घरबेटी प्रकाउ



धापासी हाइटमा फागुन २ गते करुणा बिश्वकर्माले कोठा भाडामा भनी सूचना टासेको देखे पछि कोठा सोध्न पुगेकी थिइन, बैना रु १००० लिए पछि जात सोधी बिश्वकर्मा भने पछि घरबेटीले कोठा दिन नमिल्ने भन्दै बैना फिर्ता गरेकी थिइन् ।

करुणाले भने बैना फिर्ता नलिएर आफु माथी भएको जातीय विभेद विरुद्ध न्यायको लागि महानगरीय प्रहरी वृत महाराजगन्जमा जाहेरी दिएकी थिइन ।
जाहेरी बिहीबार दिए पनि घरबेटी माधवराज भुसाललाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले आज पक्राउ गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्