कस्तो अचम्म ! दुवै देशका सुरक्षाकर्मीको संलग्नतामा नेपालबाट भारततिर तेल तस्करी



काठमाडौं । ‘भारतको बिहारमा भन्दा पर्सामा डिजेल ४१ रुपैयाँ र पेट्रोल ३५ रुपैयाँ सस्तो छ । प्रान्तका फुलकाहा, बेला, बसमतिया, टिकुलिया बस्ती, जोगबनी, सोनमणि लगायतका क्षेत्रबाट अध्यधिक मात्रामा पेट्रोल तथा डिजेल तस्करी भएको छ । यसमा भारत र नेपाल दुवै देशका सीमा सुरक्षा बलको पनि साथ छ ।’

भारतको हिन्दी पत्रिका नवभारत टाइम्सको शनिबारको अंकबाट उद्धृत अंश हो यो । पत्रिकाले नेपालबाट योजनाबद्ध र सुरक्षा बलकै संलग्नतामा पेट्रोलियम पदार्थ भारत तस्करी भइरहेको समाचार छापेको छ ।

त्यस्तै, अंग्रेजी भाषाको पत्रिका टाइम्स अफ इन्डियाले नेपालको पर्सा जिल्लासँग जोडिएको भारतको गोर्साहन, चौरादानो लगायत गाउँका यूवा साँझपख नेपालबाट पेट्रोलियम तस्करी गर्ने धन्दामा संलग्न रहेको समाचार शनिबारकै अंकमा प्रकाशित गरेको थियो । टाइम्स अफ इण्डिया लेख्छ-सो इलाकाका युवाले डिजेल र पेट्रोल तस्कारीबाट दैनिक एक हजार भारु कमाउने गरेको स्थानीयले बताएका छन् ।

यसअघि भारतीय टिभी आजतकले नेपाल आयल निगमकै ट्यांकरबाट भारततर्फ पेट्रोलियम तस्करी भएको रिपोर्ट प्रशारण गरेको थियो ।

भारतबाटै बिक्री गरिएको इन्धन नेपालले भारतमा भन्दा सस्तोमा बिक्री गर्दा सीमा क्षेत्रमा दिनहुँ तस्करी बढेको समाचार अहिले भारतीय सञ्चार माध्यमहरुमा छ्यास्छ्यास्ती छ । तस्करीमा दुई पांग्रेका अलवा साना गाढी धेरै प्रयोग भइरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लखे गरेका छन् । नेपालका पेट्रोल पम्पहरुबाट पानीका बोत्तल, जार र जर्किनमा भरेर समेत पेट्रोलियम पदार्थ भारत तस्करी भइरहेको समाचारहरुमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्