Banner Third

‘फेरि पार्टी एकता गरौं’ भन्दै दाहाललाई भेट्न गए गौतम

By थाहा अनलाइन

February 25, 2021

विभाजित नेकपामा छुट्टै समूह बनाएर पार्टी फुट्न नहुने कुराको वकालत गर्दै आएका नेता वामदेव गौतम अध्यक्ष प्रचण्डलाई भेट्न गएका छन् ।

गौतमले दाहालको निवास पुगेर भेटवार्ता गरेका छन् । आज बिहान दाहालको निवास खुमलटार पुगेर गौतमले आधाघण्टा भेटवार्ता गरेका छन् । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार गौतमले एकताको प्रस्ताव लिएर दाहालको निवास पुगेका हुन् ।

गौतमले यसअघि बुधबार पनि एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, दुई अध्यक्षले सचिवालय बैठक बोलाउनु पर्ने माग गरेका थिए ।