नेकपा घोराही- १२ को बिस्तारित भेला सम्पन्न



शरद रिजाल
दाङ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओलि समुह घोराही उपमहानगरपालिका वडा नं १२को बिस्तारित भेला एक कार्यक्रम बिच संपन्न भएको छ। मदनकुमार अधिकारीको अध्यक्षतामा ५१सदस्यीय घोराही- १२ वडा कमीटी बिस्तार गरीएको छ। बिस्तारित भेलामा नेकपा कार्यकर्ताहरूको उल्लेखनीय सहभागीता रहेको थियो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओलि समुहले संगठन निर्माण गर्ने क्रममा घोराही- १२ मा बिस्तारित भेला सम्पन्न गरेको हो ।नेकपा दुई धारमा विभाजित भए पश्चात ओली समुहले संगठन निर्माणमा दाङका १० वटै स्थानीय तहमा आफ्ना कार्यक्रमहरू निरन्तर गर्दै आएको छ ।घोराही उपमहानगरपालिका का १९ वटै वडामा संगठन निर्माणमा लागेको नेकपा ओलि समुहले सबै कार्यकर्ताहरूलाई समेट्ने सोच अनुसार कार्यक्रम गरीरहेको नेकपा ओलि समुह दाङ जिल्ला सदस्य प्रकाशचन्द्र घिमिरेले जानकारी दिनुभयो।

बिस्तारित भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओलि समुह दाङ जिल्ला सचिव मनोहर बुढाथोकीले पार्टी भित्र देखिएको किचलोका पछि नलागी संगठन निर्माणमा लाग्न कार्यकर्तालाई अनुरोध गर्नुभयो । नेकपाको संगठनलाई चुस्तदुरूस्त रूपमा मजवुत बनाउन सकियो भने हाम्रैपालामा सम्रिद्ध नेपाल सुखि नेपालीको नाराले सार्थकता पाउने बुढाथोकीको भनाई थियो। आफ्नो गाऊँटोलमा हुने बिकास निर्माणमा चनाखो बन्दै संगठन निर्माण कार्यमा जुट्न पर्ने उहाँको भनाई थियो।

आफ्नो गाऊँ टोल निर्माण गर्ने अभिभारा अहिले हाम्रो काँधमा आएको छ,त्यसैले सहमति सहकार्य गर्दै अघि बड्यौ भने हाम्रैपालामा सम्रिद्ध सम्भव भएको कार्यक्रमका अर्का वक्ता नेकपा लुम्बिनी प्रदेश सदस्य अरूणकुमार शर्माले बताउनुभयो । बिगतका तितोलाई भुलेर नयाँ जोस र जाँगरका साथ लाग्यौं भने हामी अबस्य गन्तब्यमा पुग्न सफल हुन्छौ बिस्तारित भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओलि समुह दाङका सदस्य दोर्ण बहकरीले कार्यकर्ता माझ आफ्नो भनाई राख्नुभएको थियो । सोही भेलामा जिल्ला सदस्य मंगल चौधरीले पनि आफ्नो भनाई राख्नुभएको थियो भने जिल्ला तथा नगर कमीटी प्रतिनिधिले बिस्तारित भेलामा शुभकामना मन्तब्य राखेका

थिए। बिस्तारित भेलाले खिमानन्द न्यौपानेको अध्यक्षतामा ११सदस्यीय सल्लाहकार समिति चयन गरेको छ। जसको उपाध्यक्षमा दामोदर न्यौपाने रहनुभएको छ। भेलाले हरी खड्काको अध्यक्षतामा ५५सदस्यीय यूवा संघ गठन गरेको छ जसको उपाध्यक्षमा ईन्द्रजंग शाह,सचिवमा बिनोद बि क ,र सहसचिवमा खगेन्द्र घर्ती चयन हुनुभएको छ। बिस्तारित भेलाले बिभिन्न जनबर्गिय संगठनको ईन्चार्ज समेत चयन गरेको छ । भेलाबाट यूवासंघको इन्चार्जमा तिलक नेपाली चयन हुनुभएको छ। मुक्ति समाज इन्चार्जमा शान्ता शेर्पाईलि,सह इन्चार्जमा लोक बहादुर छिनाल चयन हुनुभएको छ। अनेमसंघ इन्चार्जमा प्रेमा गौतम सह इन्चार्जमा माया रावत चयन हुनुभएको छ। किसान महासंघ इन्चार्जमा प्रेम प्रसाद चौधरी सह इन्चार्जमा रामु श्रेष्ठ चयन हुनुभएको छ। लोकतान्त्रिक मगर संघ इन्चार्जमा शुरेस पुन सह इन्चार्जमा खगेन्द्र घर्ती चयन हुनुभएको प्रकाशचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओलिसमुह घोराही उपमहानगरपालिका वडा नं १२का अध्यक्ष मदनकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा ओलि समुह दाङका सचिव मनोहर बुढाथोकी, बिशिष्ट अतिथि नेकपा ओलि समुह लुम्बिनी प्रदेश सदस्य अरूणकुमार शर्मा अतिथि नेकपा ओलि समुह दाङ जिल्ला सदस्य दोर्ण बहकरी र मंगल चौधरी रहनुभएको थियो। नेकपा ओलि समुह दाङ जिल्ला सदस्य प्रकाश घिमिरेको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण प्रेम प्रसाद चौधरीले गर्नुभएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्