देउवालाई चिनियाँ र भारतीय राजदूतले भेटे



नेपालको राजनीतिमा ठूलो बद्लाव आएको बेला कांग्रेस सभापति शेरबहादुर देउवालाई चिनियाँ र भारतीय राजदूतले भेटेका छन् । स्रोतका अनुसार बिहीबार अपरान्ह फरक-फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका हुन् ।

देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरूले भेटवार्ता गरे पनि के कुराकानी भयो भन्नेबारे खुलेको छैन । देउवा निवासमा बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक थियो । उक्त बैठक सकिएलगत्तै राजदूतहरूले फरक-फरक समयमा देउवालाई भेटेर कुराकानी गरेका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राजनीतिको केन्द्रमा फेरि देउवा आइपुगेका छन् । नेकपाका दुबै पक्षले देउवासँग भावी सत्ता समिकरणमा सहयोग मागेका छन् ।

प्रचण्ड(नेपाल समूहका दुबै जना अध्यक्षले बुधबार बुढानिलकण्ठमा पुगेरै देउवासँग मिलेर जाने प्रस्ताव गरेका थिए । नेपालमा सरकार परिवर्तन हुन लागेका बेला दुई छिमेकी मुलुकका दूतहरूले देउवालाई भेट्नु अर्थपूर्ण छ ।

उत्तरी छिमेकी चीनले प्रतिनिधि सभा विघटन र पुनस्र्थापनामा औपचारिक प्रतिक्रिया नदिएको भए पनि भारतले भने दुबै घटनापछि यो नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्