राेचक

साइकल चालकलाई मासिक भत्ता उपलब्ध

By Thah Online

February 26, 2021

कमल बिक्रम जि सी ,काठमाडौँ ।   साइकल चालकलाई मासिक भत्ता उपलब्ध   हुने भएको छ। सुर्खेतमा साइकल अभियान सफल पार्न संयुक्त रास्ट्र संघ बिकास सहयोग (यु एन डी पी )को सहयोगमा साइकल चलाउने बिद्यार्थीलाई मासिक दरले भत्ता उपलब्ध गराइने भएको हो।

प्रति किलोमिटर तिन रुपैंयाका दरले मर्मत खर्च उपलब्ध हुने भएको छ। मोबाइल एप्स मार्फत जानकारी लिने र मासिक रुपमा प्रति किलोमिटर तिन रुपैंयाका दरले खर्च उपलब्ध गराइनेछ। कर्णाली उत्सबको दिन फागुन २६ गते मोबाइल एप्स सार्बजनिक गरि सुरु गरिनेछ। एप्स बाट लिएको जानकारीको आधारमा युएनडीपी ले सो रकम भुक्तानी दिनेछ।