५६ सालदेखि वेपत्ता बस्नेतको खोजी गरिदिन आग्रह



दाङ । दाङ बिजौरी दुधरासका शिवबहादुर बस्नेतका माइला छोरा झकबहादुर बस्नेत २०५६ साल माघ १ गते देखि वेपत्ता छ्न । अहिलेसम्म उनी कहाँ छन् ? जीवित छ्न वा छैनन ? त्यो कुनै जानकारी छैन । उनी २०५३ मा भारतको नैनिताल गएको र त्यहाँ गुसाइपुर ग्राम, आनन्दपुर पञ्चायत नैनिताल मा बसेका थिए ।

त्यहाँ राजेन्द्रसिंह भण्डारी र जगदीशसिंह भण्डारीकोमा काम गरेको हुनाले २०५६ माघ १ गते पनि त्यही गए कि भन्ने आशंका छ । उनी त्यतिबेला २१ वर्ष उमेरका थिए । उनी अहिलेसम्म बेपत्ता छन् र बुवाआमा र परिवारका सबै सदस्यहरु तनावमा छन् ।

हामीले भेट्दा सुगर रोगले ग्रस्त भएकी आमा सन्तानको घाहा भन्दै डाँको छोडी छोडी रुनु भयो । छोराको खोजीको लागि यो समाचार पाउने सबैले शेएर गर्न र कतै फेलापरेमा सम्पर्कमा ल्याइदिन उनका बुवा शिवबहादुर बस्नेतले अनुरोध गर्नु भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्