eQmk'/, ( kmfu'g M g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks Pj+ dWok'/lyldsf afl;Gbf gf/fo0fljnf; hf]zLsf] :d[ltdf dWok'/lylddf lgdf{0f x'g nfu]sf] gf/fo0fljnf; hf]zL :d[ltdf k|lti7fgsf] z'qmaf/ ePsf] ejg lznfGof; sfo{qmddf af]Nb} g]kfn sDo'lgi6 kf6L{ -g]skf_sf cWoIf k"j{ k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . tl:j/ M /d]z lu/L, /f;;

टप फिचर

प्रधानमन्त्री ओली पक्षसँग एकता हुन नसक्ने : प्रचण्ड

By Thaha - Online

February 26, 2021

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री ओली पक्षसँग एकता हुन नसक्ने बताएका छन्। शुक्रबार साँझ एक टेलिभिजनसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले ओलीसँग कुनै हालतमा पनि ओलीसँग एकता हुन नसक्ने बताएका हुन्।

पत्रकारको फेरी प्रधानमन्त्री बन्नका लागी केपी ओलीसँग सम्झौता हुन सक्छ कि सक्दैन ? भन्ने प्रश्नको जवाफ दिदै उनले यस्तो बताएका हुन। ‘केही मान्छेलाई बोलाउँदै अब प्रचण्डलाई ध्वस्तै पार्दै भन्दै हुनुहुन्छ। संघीय व्यवस्था निमिट्यान्न पार्न नसकेपछि प्रचण्ढलाई ध्वस्तै पार्छु भन्दै हुनुहुन्छ। उहाँसँग कसरी पार्टी एकता हुन सक्छ ?,’ उनले भने।

ओली प्रतिगमनकारी भूमिका खेल्ने व्यक्ति भएकाले उनीसँग एकता हुन नसक्ने उनले प्रष्ट पारे। ‘ओलीजी प्रतिगमनकारी भूमिका खेल्ने। अनि पार्टी एकता उनैसँग कसरी हुन सक्छ ? उहाँ पुस ५ पछि प्रतिगमनकारी विचारको मान्छे बन्नुभयो,’ उनले भने, ‘अहिले सर्वोच्चले पो हामीलाई न्याय दियो र प्रतिनिधि सभा पुनर्स्थापना भयो त। ओलीको लागे-पुगेको हुन्थ्यो भने त उहाँले देशलाई बर्बादीको दिशामा लान खोजेको हो नि त !’

उनले अन्य पार्टीसँग समझदारीका साथ काम गर्ने उल्लेख गरे। आफूले देश, जनता र लोकतन्त्रको हितबाहेक कुनै पनि कुनै सम्झौता नगर्ने उनको दाबी छ।