सरकारको मन्त्रिपरिषद बैठक आज ,प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी



सैघाली खबर
काठमाडौं,३ माघ


प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारले मन्त्रिपरिषद बैठक बोलाएको छ । लामो समयदेखि स्थगित हुँदै आएको बैठक बुधवार बोलाएर प्रदेश प्रमुख नियुक्ति गर्ने सरकारले तयारी गरेको हो ।

राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा भएसँगै प्रदेश प्रमुख नियुक्ति गर्नैपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएपछि सरकारले बुधवार मन्त्रिस्तरीय बैठकबाट नै नियुक्ति गर्ने जनाएको हो ।

यसअघि मंगलवार बस्ने भनिएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँग गरेको झण्डै चार घण्टा लामो छलफलपछि स्थगित गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गर्न संसदमा प्रतिनिधित्व गरेका प्रमुख ५ दलसँग नामावली मागेपनि एमालेले नाम नपठाउने भएपछि प्रधानमन्त्रीले बैठक स्थगित गर्नुभएको हो ।

प्रदेश प्रमुख नियुक्ति नहुँदा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न समस्या भएको भन्दै निर्वाचन आयोगले समेत सरकारलाई ताकेता गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्