सशस्त्र प्रहरीद्वारा ५ लाख भन्दा बढीको मालसामान बरामद



नवलपरासी पश्चिम , १४ फागुन

नवलपरासी पश्चिम जिल्लाको बिभिन्न स्थानबाट करीब ५ लाख ७७ हजार ७ सय १० रूपैयाँ मुल्य बराबर अवैध मालसामान नियन्त्रण गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिम मातहत वि.ओ.पि.हरपुर , वि.ओ.पि.भुजहवा, वि.ओ.पि.गुठिप्रसौनी र अस्थायी सुरक्षा बेश रगरगंजबाट जिल्ला नवलपरासी पश्चिम रामग्राम नगरपालिका वडा न.७ उजैनी , पाल्हिनन्दन गाउँपालिका वडा न.२ मुडेरा, ६ पडरी , सरावल गाउँपालिका वडा न. ७ गणेशपुर र भटौलिया, प्रतापपुर गाउँपालिका वडा न .५ मटरा ईलाकाहरुमा खटिई गएको मोवाईल तथा पैदल गस्ति टोलिले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको ४ लाख ४२ हजार ७ सय १० रूपैयाँ मुल्य बराबरको किराना सामान, लत्ताकपडा, मोवाईल तथा मोबाईल पार्टसहरु, कस्मेटिक प्रोडक्ट्स, अटोमोवाईल पार्टसहरु नियन्त्रण गरी आवश्यक कारबाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएको छ ।

त्यसैगरी सुस्ता गाउँपालिका वडा न. ५ बनकट्टि स्थित भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउदै गरेको अवस्थामा अन्दाजी १ लाख ३५ हजार मुल्य बराबरको १ सय ६५ गोटा ( ५ सय के.जी ) ब्रोईलर कुखुरा नियन्त्रण गरी स्थानिय प्रतिनिधी एवं स्थानिय बासिन्दाहरुको रोहबरमा खाडल खनि नष्ट गरीएको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिमले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्