कपिलवस्तु मा समुदाय र प्रहरी बीच सम्वाद कार्यक्रम सम्पन्न



कपिलवस्तु नगकरपालिका काे सभाहाल मा समुदाय र प्रहरी बीच सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी काे काम , कर्तव्य र अधिकार काे बारेमा , हाम्रो समाजमा भएका परम्परागत मुल्य मान्यताहरु काे बारेमा , बाल बिबाह , रक्सी , महिला हिंसालाई कसरी कम गर्न सकिन्छ कपिलवस्तु नगरपालिका भित्र समुदाय र प्रहरी बीच सम्वाद कार्यक्रम छलफल भएको थियो ।

सम्वाद कार्यक्रममा प्रहरी ले अाम व्यक्तिहरु संग राम्रो सम्बन्ध बनाएर काम गर्दा सजिलो हुन्छ , छलफल भएको थियो ।

अाम व्यक्तिहरु काे गर्ने काम काे बारेमा , घटना किन घट्छ , शिक्षा काे पहुँच बाट महिला टाढा , मान्छे भएर मान्छे संग मानव काे व्यहार गर्नु पर्छ जस्तो विषयवस्तु मा छलफल भएको थियो ।

समुदाय र प्रहरी बीच सम्वाद कार्यक्रमलाई UKAid , VSO र international Alert मधेस मानव अधिकार गृह (महुरी हाेेम ) संस्थाहरु काे अार्थिक सहयोग अनि सहज परियाेजना र सामुदायिक सेवा केन्द्र तौलिहवाको संयुक्त रुपमा अायाेजना मा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कपिलबस्तु नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, कपिलबस्तु नगरपालिका सामाजिक बिकाश अधिकृत पदम राज श्रेष्ठ, कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरे, वडा नं. का ४ रबेन्द्र प्रसाद तिवारी, वडा नं. १२ का ओम प्रसाद पाण्डेय, वडा प्रहरी कार्यालय तौलिहवाका प्रमुख अभय रावत , सामुदायिक सेवा केन्द्र तौलिहवाका अध्यक्ष देवी प्रसाद बर्मा, प्रहरी सहायक निरीक्षक अवधेश कुमार यादव , प्रहरी जवान देबेन्द्र के.सी. , जिल्ला प्रहरी कार्यालय कपिलबस्तु ठाडो उजुरी शाखाका प्रहरी जवान राम नारायण गुप्ता ,
रिखीराम निगम , लगायत अन्य पुरुष र महिलाहरु काे उपस्थिति पनि रहेको सामाजिक परिचालक लक्ष्मी चाैरसिया ले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्