पूर्वमन्त्री शर्माको निधन



काठमाडौं। पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ। मन्त्री शर्माको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो।

२०५९ सालमा पर्यटनमन्त्री भएका शर्मा नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद शर्मा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई निकट नेता थिए।

पछिल्लो कालखण्डमा हरियाली पार्टी स्थापना गरेर चर्चामा आएका शर्मा प्रख्यात चार्टर्ड एकाउन्टेन्टका रूपमा समेत चिनिन्थे।

शर्मा विगत केही वर्षयता अस्वस्थताका कारण सार्वजनिक जीवनबाट टाढा रहँदै आएका थिए।
उनी सप्तरीबाट २०४८ मा सांसद निर्वाचित भएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्